२०८१ कार्तिक २
                           

विपद्को अवस्थामा सक्रियता बढाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन

५ श्रावाण । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्का बेला आफ्नो सक्रियता बढाउन सबै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन । हिजो भर्चुअल माध्यमबाट प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समितिका पदाधिकारी लगायतलाई सम्बोधन गर्दै उनले मनसुनजन्य विपदबाट प्रभावित भएका नागरिकलाई राहत दिन तथा उद्धार गर्न सरकारको तर्फबाट कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन दिए ।

गृहमन्त्री लेखकले सीमित स्रोत साधनका बाबजुद पनि विपद् व्यवस्थापनमा धेरै काम गर्नुपर्ने अवस्था रहेको बताए । विपद् व्यवस्थापनका साथै जिल्लामा शान्ति सुरक्षा, लागू औषध नियन्त्रण, आपराधिक गतिविधि नियन्त्रणलगायत विषयमा पनि सक्रिय हुन गृहमन्त्री लेखकले निर्देशन दिएकोे सचिवालयले जनाएको छ ।

भर्चुअल छलफलमा गृहमन्त्रीसहित गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेल, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा समितिका पदाधिकारी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्