२०८१ भाद्र २३
                           

प्रधानमन्त्री ओलीले भोलि विश्वासको मत लिने,राप्रपाले मत नदिने

५ श्रावण – प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विश्वासको मत लिँदै हुनुहुन्छ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा ओलीले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएको हो ।

प्रधानमन्त्री ओलीलाई सत्ताघटक दल नेपाली कांग्रेसको ८८, नेकपा एमाले को ७८, अशोक राई नेतृत्वको जसपा ७, जनमत पार्टी ६, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल ५, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ४, स्वतन्त्र २ गरी एक सय ९४ मत पक्षमा आउने देखिन्छ ।

संसदमा अहिले कायम संसद् सङ्ख्यामध्ये विश्वासको मत प्राप्त गर्न एक सय ३८ मत आवश्यक पर्छ । नेकपा ९माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपा, नेकपा ९एकीकृत समाजवादी र राप्रपाले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । संसदमा प्रतिनिधित्व गर्ने साना दल नेमकिपा १, राष्ट्रिय जनमोर्चा १, प्रभु साह ९स्वतन्त्र० १ ले मत कता दिने विषयमा निर्णय गर्न बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्