२०८१ भाद्र २३
                           

नेपाल र रुसको राष्ट्रिय महिला भलिवल टोलीबीच भोलि र पर्सि मैत्रीपूर्ण खेल हुने 

५ श्रावण – नेपाल र रुसको महिला भलिबल टोलीबीच भोलिबाट मैत्रीपूर्ण खेल सुरु हुने भएको छ । खेल भोलि र पर्सि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने नेपाल भलिवल संघले जानकारी दिएको छ । नेपालले काभा महिला नेसन्स लिगको तयारीका लागि रुसी टोलीसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

प्रतियोगिताका लागि नेपालले अरुणा शाहीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिसकेको छ । टोलीमा अरुणाका साथै सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट, उषा भण्डारी, शान्तिकला तामाङ, कविता भट्ट, प्रगति नाथ, सुमित्रा रेग्मी र आरती सुवेदी रहेका छन । टोलीको प्रशिक्षकमा जगदीश भट्ट रहेका छन । प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म नेपालमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्