२०८१ भाद्र २३
                           

महिला एसिया कपमा आज नेपाल र पाकिस्तान खेल्दै 

६ श्रवाण – श्रीलङ्कामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग खेल्दैछ । नेपाल र पाकिस्तानबीचको खेल श्रीलङ्काको डम्बुला मैदानमा बेलुकी सबा ७ बजे सुरु हुनेछ ।
नेपालले प्रतियोगिताको उद्घाटन खेलमा युएईलाई ६ विकेटले हराउँदै एसिया कपमा पहिलो ऐतिहासिक जित निकालेको थियो ।
आजै हुने समूह ‘ए’ को अर्को खेलमा यूएईले भारतको सामना गर्दैछ । भारत लगातार जित निकाल्दै अघिल्लो चरणको ढोका खोल्न चाहन्छ भने यूएई पहिलो जितको खोजीमा हुनेछ । यो खेल आज दिउँसो सबा २ बजे सुरु हुनेछ ।

प्रतियोगितामा आठ टोली सहभागी छन् । दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ । त्यस्ते, समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् ।

प्रतिक्रिया दिनुहोस्