२०८१ भाद्र २३
                           

बीपी कोइरालाको स्मृति दिवस, आज विभिन्न कार्यक्रम गरी मनाइँदै

६ श्रावण –  प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को ४२औँ स्मृति दिवस, आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो ।

उहाँको नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान रहेको छ । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो ।
विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा कोइराला पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्