२०८१ भाद्र २३
                           

एसीसी महिला एसिया कपमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

७ श्रावाण । एसीसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । प्रतिस्पर्धात्मक लक्ष्य पाएको पाकिस्तानले लक्ष्य १ विकेट गुमाएर पुरा गरेको हो । नेपालले दिएको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमा पुरा गर्यो ।

त्यसअघि दाम्बुलामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०८ रन जोडेको थियो । नेपालका लागि कविता जोशीले २३ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ३१ रन बनाएर अविजित रहनुभयो ।

पहिलो खेलमा जित हासिल गरेको नेपालको हिजोको खेलमा जित दर्ता गरेमा सेमिफाइनलमा स्थान पक्का हुने थियो । तर हार बेहोरेपछि नेपालको सम्भावना न्यून भएको छ । १–१ खेल बाँकी रहँदा नेपाल र पाकिस्तानको समान २–२ अङ्क छ ।

भारतले २ खेल जितिसकेको छ । युएईले २ खेलमा हार बेहोरेको छ । समूह चरणको अन्तिम खेलमा पाकिस्तानले युएई र नेपालले भारतको सामना गर्नेछ । सो दुई खेलको नतिजाले समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुग्ने टोलीको निर्धारण गर्नेछ । भारतको भने अन्तिम चारमा प्रवेश गर्ने सम्भावना उच्च रहेको छ ।

प्रतिक्रिया दिनुहोस्