२०८१ भाद्र २३
                           

संसदमा आज प्रधानमन्त्री ओलीसँग सांसदहरूको प्रश्नोत्तर

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज प्रतिनिधि सभामा सांसदहरूलो प्रश्नोत्तर गर्ने भएका छन् । विश्वासको मत लिएको भोलिपल्ट प्रधानमन्त्री ओलीले आज सांसदहरूले राखेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रतिनिधि सभा नियमावलीमा हरेक महिना सांसद र प्रधानमन्त्रीबीच प्रश्नोत्तर गर्ने व्यवस्था गरिएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको “विधायन सम्बन्धी विधेयक, २०८० माथी विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रिय सभाको बैठक पनि दिउँसो सवा १ बजे बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्