२०८१ भाद्र २३
                           

बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त

८ श्रावण – बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त भएको छ । नेपाली काँग्रेस संसदीय दलको नेता लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा आज मुख्यमन्त्री नियुक्त गरेको हो । नेपालको संविधानको धारा १६८ (२) अनुसार लामा मुख्यमन्त्रीमा नियुक्त भएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । लामालाई एमाले र काँग्रेसका ६४ सांसदको समर्थन रहेको छ ।

यसैबिच, नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ जना मन्त्रीको नाम र मन्त्रालय टुङ्ग्याएको छ । निवर्तमान मन्त्री प्रकाश श्रेष्ठले यस पटक कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी पाउने ुभएको छ । यसअघिको सरकारमा भने श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री भएको थियो ।

यस मन्त्रालय यस पटक भने एमालेका सुकुमाया तामाङलाई दिईने निर्णय भएको छ । अमन मास्केलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, कृष्ण सिलवाललाई वन तथा वातावरण, प्रेमभक्त महर्जनलाई श्रम रोजगार तथा यातायात मन्त्रालय र किरण थापालाई स्वास्थ मन्त्रालयमा पठाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्