२०८१ भाद्र २३
                           

भारतसँग पराजित हुँदै नेपाल एसीसी महिला एसिया कपबाट बाहिरियो

९ श्रावण  – भारत विरुद्ध फराकिलो हार बेहोर्दै नेपाल एसीसी महिला एसिया कप २०२४ बाट बाहिरिएको छ । भारत विरुद्ध ८२ रनले पराजित भएसँगै नेपाल एसिया कपबाट औपचारिक रूपमा बाहिरिएको हो । १ सय ७९ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि सिता राना मगरले १८, विन्दु रावलले १७, रुबिना क्षेत्रीले १५ तथा कप्तान इन्दु वर्माले १४ रन बनाउनुभयो । हिजोको हारसँगै नेपालले समूह ए मा २ अंक सहित प्रतियोगिता अन्त्य गरेको छ ।

नेपालले पहिलो खेलमा युएई विरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो । नेपालको समूहबाट भारत ६ अंक सहित समूह विजेता बनेको छ । पाकिस्तान ४ अंक सहित समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्