२०८१ भाद्र २३
                           

सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु

काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

जीवितै उद्धार गरिएका क्याप्टेन मनिष रत्न शाक्यको उपचार भइरहेको प्रहरीले जनाएको छ ।विमानमा रहेका १९ जना सबै सौर्य एयरलाइन्सकै व्यवस्थापक, चालक दल तथा अन्य कर्मचारी रहेका सौर्य एयरलाइन्सले जनाएको छ । क्याप्टेन मनिष रत्न शाक्य एयरलाइन्सका अपरेशन प्रमुख समेत हुन ।

त्यस्तै चिफ अफ सेफ्टी सागर आचार्य, सीएएमओ मेनेजर अश्विनकुमार निरौला, मेनेजर मेन्टेन्स यज्ञप्रसाद पौड्याल र चिफ अफ क्यूए दिलीप बर्मा पनि विमानमा रहेका एयरलाइन्सले जनाएको छ । यस्तै एस कटुवाल को–पाइलट र बाँकी सबै यात्रु एयरलाइन्सकै कर्मचारी हुन् ।विमानमा रहेका १९ जनामध्ये एक जना महिला र एक जना विदेशी नागरिक थिए ।

सौर्य एयरलाइन्सको विमानमा को को थिए ?

क्याप्टेन मनिष रत्न शाक्य
को–पाइलट एस कटुवाल
अमिटमान महर्जन,
सागर आचार्य,
दिलीप बर्मा,
मनुराज शर्मा,
आश्विन निरौला,
सुदीपलाल जोशी,
सर्वेश महर्जन
श्याम बिन्दुकार
नवराज आले,
राजाराम आचार्य,
प्रिजा खतिवडा,
अधिराज शर्मा,
उद्धव पुरी,
यज्ञप्रसाद पौड्याल,
सन्तोष महतो,
पुण्य रत्न शाही
र अरिफ रेड

त्रिभुवन विमानस्थलबाट बुधबार बिहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडेको एन–एएमई विमान धावनमार्ग छाडे लगत्तै दुर्घटनामा परेको हो । उड्ने बित्तिकै दाहिने तिर मोडिन लाग्दा धावनमार्गको पूर्वतिर दुर्घटना भएको प्राधिकरणले जनाएको छ । घाइते क्याप्टेन शाक्यको सिनामङ्गलमा रहेको केएमसी अस्पतालमा उपचार भइरहेको र १८ वटा शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगेको प्रहरीले जनाएको छ

 

प्रतिक्रिया दिनुहोस्