२०८१ भाद्र २३
                           

भन्सार दर समायोजन गर्न सुनचाँदी व्यवसायी महासङ्घको आग्रह

९ श्रावण – नेपाल सुनचाँदी व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग भन्सार दर समायोजन गर्न आग्रह गरेको छ । भारतले बजेटमार्फत भन्सार दर घटाएपछि नेपालमा परेको प्रभावबारे अर्थमन्त्री पौडेललाई जानकारी गराउँदै महासङ्घका प्रतिनिधिले नेपालमा पनि सोहीअनुसार भन्सार दर समायोजन गर्न आग्रह हो ।

भारतले हालै आफ्नो बजेटमार्फत सुनचाँदीमा लाग्दै आएको भन्सार दर १५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारेको छ । नेपालमा भने चालु आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सार दर ५ प्रतिशतले बढेर २० प्रतिशत पु¥याइएको छ ।

खुल्ला सीमाका कारण दुई देश बीचको भन्सार दरबीच असन्तुलनले अवैध कारोबारले प्रोत्साहन पाउने महासंघको दाबी छ । व्यवसायीसँको भेटमा अर्थमन्त्री पौडेलले मागलाई गम्भीर रुपमा लिएको भन्दै उचित अध्ययनपछि निर्णय लिने बताए ।

प्रतिक्रिया दिनुहोस्