२०८१ भाद्र २३
                           

स्थानीय तहको बेरुजु महालेखापरीक्षकको वेभसाईटमा हेर्न सकिने 

१० श्रावण – स्थानीय तहको बेरुजुसम्बन्धी विवरण अब महालेखापरीक्षकको कार्यालयको वेभसाइटमा हेर्न सकिने भएको छ ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले महालेखापरीक्षकको कार्यालयले पहिले स्थानीय तहको बेरुजुसम्बन्धी विवरण वेबसाइटमा राख्ने गरे पनि नकरात्मक सन्देश गएको भन्ने दबाबका आधारमा बन्द गरेकामा सूचनाको हक प्रयोग गरेर माग हुन थालेपछि आयोगकै निर्देशनमा फेरि राख्ने व्यवस्था भएको बताए ।

आयोगको वेभसाईटमा जुनसुकै बेला स्थानीय तहको बेरुजु हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्