२०८१ भाद्र २३
                           

जनआस्था कार्यालयलाई बमले उडाउने र पत्रकारलाई मार्ने धम्की

नेपालमा पछिल्लो समय प्रेसमाथि आक्रमणका घटना बढ्दै गएको छ । पत्रकारलाई धम्क्याउने,सञ्चार गृहमा पसेर हुलदंगा गर्ने लगायत प्रेस स्वतन्त्रता विरोधी प्रवृत्ति मौलाउँदै गएको छ । राजनीतिक दलको आवरणमा हुने यस्ता हर्कत झन् डरलाग्दो छ ।

यसैबीच विप्लव समूह भनेर चिनिने नेपाल कम्युनिष्ट पार्टीको एक खेमाले ललितपुरको सानेपास्थित आस्था प्रकाशन प्रालिको कार्यालयमा पेस्तोलधारी ‘गुण्डा’ पठाएर धाकधम्की दिएको छ । साउन ८ गते मंगलबार बिहान १०ः०० बजेदेखि पटक-पटक 9844838892 नम्बरको मोबाइल नम्बरबाट फोन गरी आफूलाई सचिवालय सचिव कपिल सिको परिचयबाट चिनाएका व्यक्तिले अत्यन्त स्तरहीन शब्द प्रयोग गरी संस्थाका अध्यक्ष तथा प्रधानसम्पादक किशोर श्रेष्ठलाई गालीगलौज गर्दै बम हानेर उडाइदिने धम्की  दिएको जनआस्थाले जनाएको छ ।

(अडियो प्रमाणहरु सुरक्षित छ) https://youtu.be/w3CaOgqr6EY

लगाएका निराधार आरोप प्रमाणित गर्न हामी चुनौती दिन चाहन्छौँ । र,संगसंगै प्रेस स्वतन्त्रताप्रतिको प्रतिवद्धतामा विप्लव समूहको धारणा के हो ? जवाफ माग गर्दछौँ    जनआस्थाले  भनेको छ । 

त्यसपछि दिउँसो सानेपा,धोबिघाटस्थित कार्यालयमा कम्मरमा पिस्तोल भिरेर प्रवेश गरेका केही व्यक्तिले सबै कर्मचारीलाई धम्क्याउँदै ‘एक घण्टाभित्र बुध्दनगरको कार्यालयमा हाजिर हुन नआए बम हानेर कार्यालय उडाइदिने’ भनी आतंकित पार्दै पत्रिका प्रकाशन कार्यमा समेत केही घण्टा अवरोध गरेको श्रेष्ठले बताए ।  हतियारधारी व्यक्ति कार्यालयमा पसेर हो-हल्ला गरेपछि प्रहरीलाई खबर गरिएकोमा निज कपिल सि सोही दिन पक्राउ परेको र हाल काठमाडौँ प्रहरी परिसरको हिरासतमा रहेको जानकारी प्राप्त भएको जनआस्थाले जनाएको छ ।

यही विषयलाई लिएर विप्लव समूहको विद्यार्थी संगठनका अध्यक्ष नरेन्द्र सिले आज पुन: धम्की दिएका छन् । कार्यकर्ताको संरक्षण गर्ने नाममा घटनाको वास्तविकता ढाकछोप गर्ने र मिथ्या आरोप लगाएर भ्रमपूर्ण प्रचार गर्ने हर्कत निन्दनीय भएको जनआस्थाले जनाएको छ । संस्थाका अध्यक्ष तथा प्रधानसम्पादक किशोर श्रेष्ठले भने संस्थागत रुपमै अराजकताको पक्षपोषक बनेर उभिएको सो संगठनले अध्यक्ष श्रेष्ठ र जनआस्थामाथि लगाएका निराधार आरोप प्रमाणित गर्न हामी चुनौती दिन चाहन्छौँ । र,संगसंगै प्रेस स्वतन्त्रताप्रतिको प्रतिवद्धतामा विप्लव समूहको धारणा के हो ? जवाफ माग गर्दछौँ ।

साउन ८ गते मंगलबार बिहान १०ः०० बजेदेखि पटक-पटक 9844838892 नम्बरको मोबाइल नम्बरबाट फोन गरी आफूलाई सचिवालय सचिव कपिल सिको परिचयबाट चिनाएका व्यक्तिले अत्यन्त स्तरहीन शब्द प्रयोग गरी संस्थाका अध्यक्ष तथा प्रधानसम्पादक किशोर श्रेष्ठलाई गालीगलौज गर्दै बम हानेर उडाइदिने धम्की दिएका थिए ।

यस प्रकाशनद्वारा सन्चालित जनआस्था अनलाइनमा केही महिना काम गरी दुई वर्षअगाडि नै आफूखुशी काम छाडेकी एक महिलाको विषयमा ‘छलफल गर्ने’ भन्दै कानुन हातमा लिने प्रयास गरिएकोप्रति हामी राज्यको पनि ध्यानाकर्षण गराउन चाहन्छौं । लोकतान्त्रिक मुलुकमा विधिको शासन र कानूनी राज्य चल्छ । कसैलाई आफूमाथि अन्याय भएको महसुस भए उसले निर्वाध ढंगले कानुनी उपचार खोज्न सक्छ । तर,राजनीतिक दलको आवरणमा कानुन हातमा लिने छुट सो समूहले कहाँबाट पायो ?

उनीहरुलाई हेक्का रहोस्,सशस्त्र युद्धका बेला बन्दुकधारी बिद्रोही र शाही सेनाले कार्यालय घेराऊ गर्दासमेत हामी कत्ति पनि बिचलित नभई आफ्नो जिम्मेवारी पूरा गरेको गौरवशाली इतिहास छ । त्यसैले लोकतन्त्र र कानुनी राज्यको आजको दिन ‘जंगली ह्याङ्गगओभर’ राखेर सञ्चार गृहमा बन्धुकधारीलाई पठाई धाकधम्की दिंदैमा हामी डराएर भाग्नेवाला छैनौँ ।

विप्लव समूहका कार्यकर्तालाई चुनौती छ-जनआस्थाकी ती पूर्वकर्मचारीमाथि कसले चरित्रहत्या गरेको हो प्रमाण उपलब्ध गराइयोस्,हामी कानुनी कठघरामा उभिन तयार छौँ । अन्यथा निहित स्वार्थ सिद्ध नभएपछि कपोलकल्पित र निराधार आरोप लगाएर पत्रकार र समग्र प्रेसलाई हतोत्साही पार्ने दुष्प्रयास नगर्न चेतावनी दिन चाहन्छौँ ।

यस घटनामा श्रमजीवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले देखाएको तदारुकताका लागि धन्यवाद दिन चाहन्छौँ । महासंघले पत्रकारलाई आतंकित,त्रसित र हतोत्साहित बनाउने कार्यमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग माग गरेको छ । त्यस्तै, संविधानद्वारा सुनिश्चित पत्रकार अधिकारको सम्मान गरी यस किसिमका गतिविधि नदोहोर्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

जन आस्थाबाट

प्रतिक्रिया दिनुहोस्