२०८१ भाद्र २३
                           

रास्वपाको विधान परिमार्जन गर्न ११ सदस्यीय कार्यदल गठन

१० श्रावण – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान परिमार्जन गर्न ११ सदस्यीय विधान संशोधन सुझाव कार्यदल गठन गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा सोविता गौतम, गणेश कार्की, डा. तोसिमा कार्की, क्रान्तिशिखा धिताल, डा. नारायण घिमिरे, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम र शङ्कर श्रेष्ठ सदस्य रहेको समिति बनाउने निर्णय गरेको हो ।

कार्यदललाई सुझाव प्रतिवेदन तयार ९० दिनको समय दिइएको कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । बैठकले अभियान विभागको नेतृत्व गरिरहेका पार्टी सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा कर्णालीमा विशेष अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । कर्णाली विशेष अभियान भदौ दोस्रो सातादेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्