२०८१ मंसिर ६
                           

गोरुले’ भोकमा -झोंकमा ‘मयूर’ खायो ,यम बहादुर बुढामगर

 

‘गोरुले’
भोकमा -झोंकमा
जानमा-अन्जानमा
घाँस ठानेर
‘मयूर’ खायो

मान्छेहरूले
आपत्ति जनाए ,

नत्र, यहाँ,
पर्दाभित्र,
चुपचाप,

बाहरूले ,
दशकौंदेखि चिया ठानेर
खाइरहेछन्
‘गिरिबन्धू ‘,

दाईहरूले
नास्ता भनेर
चपाइरहेछन्
‘सुन र घून’,

भाउजूहरूले
तीजको दर मानेर
खाइरहेछन्
‘देश’,

तपाईं-हामी पनि त बर्षौंदेखि
प्रसाद ठानेर
खाइरहेछौं
तिनका
‘तलुवा’

तैपनि,
गोरूले आपत्ति जनाउँदैन ।

प्रतिक्रिया दिनुहोस्