२०८१ मंसिर ७
                           

चौतारा साँगाचोकगढी नगरपालिकालाई अडानपत्र हस्तान्तरण

सिन्धुपाल्चोक  । बैदेशिक रोजगारबाट फर्केका आदिबासी जनजाति  महिलाहरुको वकालत गर्दै आएको संस्था राष्ट्रिय आदिबासी जनजाति महिला मञ्च काठमाण्डौं र लगनशिल आदिबासी जनजाति महिला मञ्च चौताराले चौतारा साँगाचोकगढी नगरपालिकालाई अडानपत्र हस्तान्तरण गरेको छ ।

सोमबार मञ्चकी अध्यक्ष सुनि लामा, लगनशिल आदिबासी जनजाति महिला मञ्चकी अध्यक्ष सचिता तामाङ लगायतका महिलाहरुले कार्यबाहक मेयर सीता थापालाई हस्तान्तरण गरेका हुन ।

सो अबसरमा कार्यबाहक मेयर सीता थापाले बैदेशिक रोजगारबाट फर्केर आफ्नै गाउँठाउँमा केही गर्छु भन्नु नै महत्वपूर्ण भएको बताउनुभयो । त्यसका लागि नगरले नीतिगत प्रतिवद्धता पनि जाहेर गरेको उल्लेख गर्दै उहाँले नगरको नीति तथा कार्यक्रम बनाउन अगावै अडानपत्र आएको भए झन राम्रो हुने बताउनुभयो ।

कार्यक्रममा मञ्चका अध्यक्ष लामाले बैदेशिक रोजगारबाट फर्केका आदिबासी जनजाति महिलाहरुलाई परिवारिक र सामाजिक पूनस्र्थापनासँगै आयआर्जनका लागि आफूहरुले कार्य गर्दै आएको र स्थाइत्व र विदेशबाट फर्किएका आदिबासी महिलाहरुलाई आयआर्जनमा जोड्न नगरले पहल गर्नुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्