अशोक पराजुली/ चौतारा सँगाचाेकगढी नगरपालिका वडा नम्बर १२ मा रहेको जुगल बहुमुखी क्याम्पसको भवनमा योग केन्द्र सञ्चालन गरिएको छ।
मंगरबार बिहान एक कार्यक्रमका बिच चौतारा साँगाचाेकगढी नगरपालिका उप प्रमुख सिता थापाको प्रमुख आतिथ्यतामा पतञ्जलि योग जिल्ला समितिका अध्यक्ष नातिबाबु धिताल,जुगल बहुमुखी क्याम्पसका अध्यक्ष गोविन्द पराजुली,क्याम्पस प्रमुख पदमप्रसाद पराजुली,पतञ्जलि योग नगर समिति चौताराका किरण मास्के,शोभा उलक लगायत योग साधकहरुको उपस्थितिमा योग केन्द्र सञ्चालन गरिएको उपयोगी योग बिज्ञान शिविरका संयोजक एवं क्याम्पस प्रमुख पदमप्रसाद पराजुलीले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै नगर उप प्रमुख थापाले योग स्वस्थ जिवनको बलियो आधार भएको बताइन् । शरीरमा स्वस्थता, शक्ति र आत्मविश्वास बढाउने एक दरिलो माध्यम केवल योग भएकाले यो जीवनको बलियो आधार हो उनले भनिन् ।
योगले मानिसको शरीरिक बनावटलगायत मानसिकरूपमा पनि सकारात्मक प्रभाव पार्ने योग प्रशिक्षक किरण मास्केले बताए । जीवनमा स्वस्थ र निरोगी रहन योग विधाको आविष्कार भएको बताइन्छ । व्यस्त जीवनमा हुने तनावबाट मुक्त रहन पछिल्लो समय युवादेखि वृद्धसम्मले यसलाई अपनाएको पाइन्छ । चिकित्सकका अनुसार दैनिक योगले मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।
योग केन्द्रमा दैनिक विहान ५ वजेदेखि दैनिक योग साधना गरिने संयाेजक पराजुलीले जनाए ।
प्रतिक्रिया दिनुहोस्