रामकृष्ण थापा – माओवादी जनयुद्धलाई सहरका संभ्रान्तले अहिले पनि आतंक भन्छ । गैरमाओवादी तर राजनीतिक मानिसले जनयुद्धलाई अझै स्वीकार्दैन । किनकि, सहरीयाहरु सधैँ सत्ताकाे आँगनमा माेज गर्ने हुन् । उनीहरुले माओवादीलाई नमान्नुकाे पछाडि आफ्नो स्वर्ग ढल्ला भन्ने मनसाय हाे ।
गैरमाओवादीले किन मानुन् ? किनकि, परम्परागत राजनीतिमा रहेकाहरु सधैँ यथास्थिति नै चाहन्छन् । याे किन लेखेकाे हाे भने, जतिबेला म भूमिगत थिएँ, त्यसबेला माओवादी नयाँ नेपाल बनाउने युद्धमा थियाे । त्यतिबेला माओवादीलाई भनिन्थ्याे -यिनीहरु डाँका हुन्, लुट्दै हिँडछन् ।
महिला र पुरुष छापामार सँगै सुत्छन् । गाउँघरमा रिसिवी भयाे भने मान्छे काट्छन् । गाउँघरमा बलात्कार गर्छन् । जनतालाई रुवाउँछन्, ज्यादै दुख दिन्छन् । के यस्तै थियाे त ? म एउटा निजी विद्यालयमा पढाउँथे । त्यतिबेला माओवादीसँग भेट भयाे । धेरै डराएँ । तर, त्याे मनकाे डर थियाे । उनीहरुकाे कुरा सुनेँ । देश नयाँ बनाउने याेजना रहेकाे बुझेपछि म पनि भूमिगत भएँ । बाहिरी समाजमा माओवादीप्रति जुन भ्रम थियाे ।
म भूमिगत भएर लामबद्ध हुँदा थाहा भयाे कि माओवादी वास्तवमा विचारले चलेकाे एउटा नैतिक र सशक्त राजनीतिक संगठन रहेछ । घरमा अन्नसमेत थिएन । १ वर्षको दुधे बालक र तीन वर्षको अर्काे बालक छाेरा छाेडेर म भूमिगत भएको थिएँ । १८ वर्षकी श्रीमतीलाई छाेडेर म भूमिगत भएकाे हुँ । समय बित्दैगयाे । माओवादीकाे देश बनाउने विचारले मलाई त्यही रहन उत्प्रेरित गर्याे । बेलाबेलामा घर आउँदा श्रीमती र छाेराहरु खान र लाउन नपाएर दुखित थिए । घरमै बस्नुस् भनेर धेरै बिन्ती गरिन् मेरी श्रीमतीले तर त्याे सम्भव थिएन ।
पार्टीभित्र कुनै जाति, लिंग, क्षेत्र वा याे र उ नाममा कुनै विभेद थिएन । मनमा लागेका र समाजमा देखेका कुरालाई पार्टी संगठनमा मजाले खुलेर छलफल गर्न पाइन्थ्यो । लडाइँमा जानू पर्दा साथी भन्दा पहिला म नै जान्छु भन्ने उर्जा थियाे सबैमा ।
जनयुद्धकाे इतिहासले धेरै वर्ष बिताइसकेकाे छ । तर, पनि यसलाई राज्यले स्विकार गर्न गाह्रो मान्छ । हाम्रो समाजकाे चरित्र पनि गज्जब छ । माओवादी भएर सत्तामा गएका र सानमान जाेडेकालाई चाप्लुसी गर्छ ।
इमानदारीपूर्वक रहेकालाई घृणा गर्छ । श्रम गरेर बस्नेलाई समाजले स्विकार्दैन । समाजमा हेपिएका, दबिएका दलित, जनजाति, महिला, उत्पीडित समूदायले माओवादीलाई मत नै जाहेर गर्दैन । आखिर किन यस्ताे भयाे ? के माओवादीले आफ्नो एजेन्डा छाेडेर यस्ताे भएको हाे वा माओवादीका एजेन्डा याे समाजका लागि ठीक छैनन् । सत्ताकाे उपभाेग लामाे समय गरे पनि अवस्था परिवर्तनमा माओवादीले खासै काम गर्न नसकेकै हाे । यस्ता यावत् सवालकाे जवाफ माओवादीले अवका दिनमा कसरी दिनसक्छ ? यसैमा उसकाे राजनीतिक भविष्य निहीत छ ।
प्रतिक्रिया दिनुहोस्