२५ श्रावण – केही दिनदेखि सिन्धुपाल्चोकका विभिन्न ठाउँमा दिनहुँजसो ठूलो पानी पर्दै आएको छ । गएराति पनि सिन्धुपाल्चोकमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको मेलम्ची घ्याङमा १४२ दशमलव ६ मिलिमिटर र तार्के घ्याङमा १३८ मिलिमिटर वर्षा भएको छ । सिन्धुपाल्चोककै भोताङमा ११३ दशमलव ८ मिलिमिटर, मानेखर्कमा १०७ दशमलव २ मिलिमिटर र ढुंगेमा ९० दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची नदी नाकोटे जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो रहेकोले मेलम्ची बजार लगायत तल्लो नदी तटीय क्षेत्रमा बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहान ९ बजेसम्म उच्च सतर्कताका साथै सुरक्षित ठाउँमा बस्न बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्