३२ श्रावण ,काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले भेट गरेका छन् । । ललितपुरको खुमलटारमा रहेको प्रचण्ड निवासमा बिहान भएको भेटमा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभाले पीडितमैत्री न्यायमा जोड दिँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको राजदूत फेनलाई जानकारी गराए । साथै प्रचण्डले पीडितमैत्री न्याय र सम्मानका लागि आवश्यक सहयोगमा बेलायत सरकारको साथ रहने विश्वास पनि व्यक्त गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक निष्कर्षमा पुग्दा त्यसले विश्व शान्तिका लागि योगदान पुग्ने विश्वास व्यक्त गरेको ‘प्रचण्ड सचिवालयले जनाएको छ ।
राजदूत फेनले नेपालले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्गोमा पुर्याउन लागेकामा खुशी व्यक्त गर्दै शान्ति प्रकियाको पूर्णताका लागि बेलायत सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस्