१ भदौ , सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका भित्रका ३५ वटा विद्यालयका प्रधानाध्यापक हरुका लागि प्रदान गरिएको प्रभाव शिक्षण सिकाई तालिम तथा एक दिने कार्यशाला तालिम सम्पन्न भएको छ । हेलम्बु गाउँपालिका भित्रका ३३ वटा सामुदायिक विद्यालय र २ वटा संस्थागत विद्यालय सहित ३५ जना प्रधानाध्यापकहरुलाई तालिम प्रदान गरिएको हो ।
तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजुभाई श्रेष्ठले सघंसंस्था सँग समन्वय र सहकार्य गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नेकुरामा हेलम्बु गाउँपालिका सकारात्मक रहेको बताए । उनले सघंसंस्थाहरुको राम्रा कार्यक्रमलाई गाउँपालिकाको बार्षिक कार्यक्रममा समेट्दै अगाडि बढ्ने समेत बताए । प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले यस्ताखाले तालिमले शिक्षकहरुको क्षमता तथा ब्यक्तित्व विकासमा समेत टेवा पुग्ने बताए ।
साझेदारी नेपाल ( पार्टनरसीप नेपाल) र चाईल्ड रेश्क्यू नेपाल साझेदारी र हेलम्बु गाउँपालिकाको सहकार्यतामा हेलम्बु गाउँपालिका भित्रका विद्यालयहरुको शैक्षिक सुधार र शिक्षकहरुका लागि शिक्षण सिकाईलाई अभिवृद्धि गर्ने उद्धेश्यले सञ्चालित तालिम साझेदारी नेपालका अध्यक्ष मानबहादुर भूषालको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा हेलम्बु गाउँपालिकाको शिक्षा निति तथा कार्यक्रमको प्रस्तुती शिक्षा अधिकृत धनध्वज लामाले गरे । शिक्षकहरुमा प्रभावकारी शिक्षण विधिको टिप्सहरुको शैद्धान्तीक तथा व्यवहारीक अभ्यासका बारेमा हेलम्बु गाउँपालिका शिक्षा शाखाको तर्फबाट शैक्षिक योजना प्रमुख भिम कार्कीले सहजिकरण गरेका थिए ।
तालिम कार्यक्रमको संस्थागत समन्वय तथा संयोजन संस्थाका सचिव तथा कार्यकारी निर्देशक कृष्ण थापाले गरेका थिए । तालिम कार्यक्रमको व्यवस्थापन साझेदारी नेपालकी कार्यक्रम अधिकृत पुस्पा भण्डारीले गरे।
तालिम पश्चात् सहभागी भूमेश्वरी माध्यमिक विद्यालयका प्रध्यानाध्यापक यम ज्योतीले तालिमले प्रभावकारी शिक्षण गर्न आत्मबल बढेको बताए । शिक्षकहरुलाई अभ्यास गराउँन थप सिकाई हासिल भएको भन्दै कार्यान्वयनमा ल्याउँने प्रतिवद्धता समेत जाहेर गरे।
तालिम समापनमा गाउँपालिका शिक्षा शाखाका अनुगमन तथा मूल्याकंन संयोजक नेत्रप्रसाद भट्टराईले तालिम समय सापेक्ष र आवश्यतामा आधारित रहेको बताए । विद्यालयहरुमा कार्यान्वयन पक्षमा यहि टिप्सहरुको अभ्यास कार्यहरुलाई अनुगमन तथा मुल्याकंन गर्ने विधि तय हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्