२०८१ मंसिर ६
                           

तिपेनीमा सुख्खा पहिरो,उच्च सतर्कता अपनाउन आग्रह

३ भाद्र , सिन्धुपाल्चोक – पाँचपोखरी थाङपाल–७ स्थित तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा सुख्खा पहिरो जाँदा इन्द्रावती  नदी  बग्ने ठाउँ साँघुरिएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काका अनुसार, पहिरो जाँदा ढुंगा माटोसहितको गेग्रान नदीमा खस्दा आंशिक थुनिएको हो । यद्यपि, तत्काल थप खतराको सम्भावना नरहेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले विज्ञप्ति जारी गरेर खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम भएको भन्दै पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ७, ८ तथा मेलम्ची नगरपालिका वडा नं। ७, ९, ११, १२, १३ र इन्द्रावती गाउँपालिका १०, ११ र १२ लगायतका तटिय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्