७ भाद्र – निशुल्क दन्त शिविरको पहिलो दिन शुक्रबार ७ सय २८ जनाले सेवा लिएका छन् । महिला शशक्तिकरण तथा बालबालिका उत्थान समाजको आयोजनामा शिविर भएको हो । श्री कृष्ण रत्न गंगा मावि चौतारामा भएको शिविरको चौतारा साँगाचोक गढी नगरपालिकाकी कार्यवाहक मेयर सीता थापाले उद्घाटन गरेकी हुन् । सो कार्यक्रममा बोल्दै कार्यवाहक मेयर थापाले महिलाहरु मिलेर आयोजना गरेको कार्य प्रसंशनिय रहेको बताइन् । उनले भनिन आयोजकले गरेको काममा स्थानिय सरकारको पनि आवश्यक परेमा सहकार्य रहने छ ।
स्थानिय बासीको सेवा गर्ने उदेश्यले स्थापना भएको संस्थाले अहिले दन्त शिविर आयोजना गरेको आगामी दिनमा थप समाजिक कार्य गर्दै जाने संस्थाकी अध्यक्ष सरोजा श्रेष्ठले बताइन् ।
दन्त शिविरमा बालबालिका, किशोर किशोरी, वयस्क तथा ज्येष्ठ नागरिकको बाक्लो उपस्थिति रहेको थियो । दन्त शिविरमा प्रेसर, सुगर जाँच , दाँत सफा गर्ने, दाँत निकाल्ने र दाँत सम्बन्धि डेन्टीसले परामर्श दिएका थिए । निशुल्क सेवा पाएपछि स्थानिय खुशी भएका छन् । ऊँ समाज डेन्टल हस्पिटलको सहकार्यमा दन्त शिविर भएको हो । शिविर सनिबार पनि हुनेछ ।
प्रतिक्रिया दिनुहोस्