२०८१ मंसिर ७
                           

थामी बस्तीका चार घरपरिवारलाई सुरक्षित स्थानमा सारे

८ भाद्र ,सिन्धुपाल्चोक -उच्च जोखिममा परेका थामी बस्तीका चार घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको  छ । टेन्ट हालेर चार परिवारलाई स्थानान्तरण गरिएको हो  ।

बाढी पहिरोबाट उच्च जोखिममा परेका मनमाया थामी, बबिन्द्र थामी, बालकुमार थामी र सुवास थामीको परिवारलाई पाटेडाँडाको सुरक्षित जग्गामा टेन्ट हालेर सारिएको वडा अध्यक्ष टेकबहादुर गुभाजुले जानकारी दिए।

त्रिपुरासुन्दरी गाउँपालिका–४ पिस्कर बुस्लुङ खोलाको बाढीले दर्जन घर जोखिममा परेका छन् । अविरल वर्षासँगै आएको बाढीका कारण घरहरू जोखिममा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्