१२ भाद्र – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो र एशियाको दोस्रो स्वस्थ शहर’ घोषणा गरेको छ । सङ्गठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल एशियाको दोस्रो स्वस्थ शहर भएसँगै पाँच हजार डलर पुरस्कार प्राप्त गर्न पनि सफल भएको छ ।
धुलिखेल मंगलबार नेपालको पहिलो स्वस्थ शहर र एशियाको दोस्रो स्वस्थ शहर भएको घोषणा भएको हो । एशियामा पहिलो स्वस्थ शहर भारतको पुणेनगर बन्दा धुलिखेल दोस्रो स्थानमा रहेको घोषणा भएको धुलिखेल नगरपालिकाले जनाएको छ ।
सङ्गठनको मापदण्ड पूरा गरेर स्वास्थ्य क्षेत्रको नीतिगत सुधार, स्वास्थ्य क्षेत्रको दिगो विकास लक्ष्य, वातावरणीय सुधार, गरिब नागरिकको स्वास्थ्यमा पहुँच, दीर्घरोग र सरुवा रोग अनि सामुदायिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै पालिकाको प्राथमिक स्वास्थ्योपचारमा गरेको प्रगतिलाई आधार मानेर यो घोषणा गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्