२०८१ भाद्र ३०
                           

 जनहित ग्रामीण सेवा समितिले विपद् सम्वन्धी स्थानीयहरुलाई जागरुक बनाउने

१३ भाद्रा, सिन्धुपाल्चोक । जनहित ग्रामीण सेवा समिति सिन्धुपाल्चोकले विपद् सम्वन्धी स्थानीयहरुलाई जागरुक बनाउनका लागि विभिन्न सचेतनात्मक कार्यक्रम गर्दै आएको छ ।

विपद जोखिम न्यूनिकरण र व्यवस्थापनका लागि समुदायलाई नै जागरुक बनाउँँदै विपदको समयमा समुदायबाट नै राहत, उद्धार, विपद न्यूनीकरण र प्रभावकारी व्यवस्थापन गर्नका लागि समितिले सचेतनात्मक कार्यक्रमको आयोजना गर्दै आएको हो ।

समितिले विहीबार समुदायमा आधारित विपद जोखिम न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापन तालिका सम्वन्धी तालिममार्फत चौतारा साँगाचोकगढी नगरपालिकाभित्रका स्थानीय समुदायलाई विपद जोखिम न्यूनीकरण र प्रभावकारी व्यवस्थापनका लागि जागरुक बनाएका हुन् ।

पछिल्लो समय जलवायु परिवर्तनले विपद र प्रकोप बढ्न थालेको र यसको प्रभाव र असरलाई न्यूनीकरणसँगै व्यवस्थापन गर्ने उदेश्यसहित विविध विपदको बारेमा तालिमका सहभागिहरुलाई सचेत गराइएका छन् । द्रोण उप्रतिद्वारा सहजिकरण गरेको तालिममा सामाजिक- प्राकृतिक प्रकोप, सामाजिक-राजनीतिक प्रकोप, प्राविधिक प्रकोप लगायतका विविध प्रकोप न्यूनीकरणका लागि स्थानीयहरुकै भूमिक पहिलो हुनेमा सहभागिहरुले विश्वास व्यक्त गरे ।

विपद सम्वन्धी संगठनको विकास गर्दै घुम्ती कोष, कोष र विपद व्यवस्थापन योजना समुदायले निर्माण गर्न सकेमा विपद पर्दा सरकार वा अन्य निकायको मुख ताक्नु नपर्ने उनीहरुको राय छ ।

प्रतिक्रिया दिनुहोस्