२०८१ भाद्र ३०
                           

आज सुनको भाउ तीन सय रुपैयाँले घट्यो

१४ भाद्र  – उच्च रेकर्ड बनाएको सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा एक लाख ५२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा अहिलेसम्मकै उच्च एक लाख ५३ हजार दुई सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि १० रुपैयाँले घटेको छ । हिजो तोलाको एक हजार आठ सय ३० रुपैयाँ रहेको चाँदीको भाउ आज १० रुपैयाँले घटेर एक हजार आठ सय २० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्