२०८१ भाद्र ३०
                           

प्रस्तावित राजदूतविरुद्ध उजुरी दिएकाहरूसँग  छलफल हुँदै 

१४ भाद्र – संसदीय सुनुवाइ समितिले विभिन्न १७ देशका लागि सिफारिस भएका प्रस्तावित राजदूतविरुद्ध उजुरी दिएकाहरूसँग आज छलफल गर्दैछ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा आज उजुरीकर्ताहरूलाई समिति समक्ष आमन्त्रण गरी उजुरी सुनिने समितिले जनाएको छ । समितिका अनुसार भदौ १६ गतेदेखि २० गतेसम्म प्रस्तावित राजदूतहरूलाई समितिमा आमन्त्रण गरी सुनुवाइ गरिने छ ।

राजदूतहरूबारे २४ र २५ गते छलफल गरी निर्णय सुनाइने समितिको कार्यतालिका छ । भदौ २१ गते तीज, २२ गते शनिबार र २३ गते पञ्चमीको बिदा परेकाले त्यसअघि र पछि गरी ८ दिनमा संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने कार्ययोजना तय भएको छ । उजुरी थोरै भएकाले सुनुवाइ प्रक्रिया छोटिन पनि सक्ने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्