२०८१ भाद्र ३०
                           

वाईसियलको प्रयासमा खाल्डे ड्याम साइड खन्डको सडक सुचारु

१५ भदौ, सिन्धुपाल्चोक । वाईसियलको नेतृत्वमा बाढी पहिरोले अवरोध भएको सडक खुलाउने अभियानले सार्थकता पाएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको वाईसियलका टिमले बन्द रहेको खाल्डे ड्याम साइड खन्ड सडक खुलाउने अभियान सफल भएको हो ।

चौथो दिनको प्रयासमा ड्याम साइडको सडक पुर्ण रुपमा संचालनमा आएको छ । विभिन्न चुनौतीको सामना गर्दै नेकपा माओवादि केन्द्र पाटि कमिटिको नेतृत्वमा जनसमुदायको उपस्थितिमा सडक खुलाउन सफल भएको र हाल सवारी साधान समेत सहज गुड्न सक्ने भएको छ ।

यसैगरी बन्द रहेको उतिस घारी सडक खण्डको पनि भोलिबाट सन्चालनमा ल्याउनका लिागि सडक खन्ने काम जारी रहने वाईसियलले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्