२०८१ आश्विन ४
                           

सिन्धुपाल्चोकमा मनाए संबिधान दिवस, नेपालको संबिधान मूलुक कै उत्कृष्ट संविधान भएको सांसद् सापकोटाको टिप्पणी

निर्मल बस्नेत,चौतारा । सिन्धुपाल्चोक जिल्लामा संबिधान दिवश असोज ३ को उपलक्ष्यमा प्रभातफेरी संगै शुभकामना आदनप्रदान कार्यक्रम गरि मनाएको छ । प्रतिनिधी सभा सदस्य माधव सापकोटाको प्रमुख आत्थ्यितामा उक्त कार्यक्रम गरिएको हो । सो अवसरमा सांसद् सापकोटाले नेपालको संबिधान मूलुक कै उत्कृष्ठ संबिधान भएको टिप्पण्ी गरेका छन् ।


उलने मन्तव्यको क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख र पूर्ण समानुपातिक निर्वाचनको पक्षमा माओबादी दृढ रहेको बताए ।
संबिधानमाथि अफवा फैलाउने अतिबादी अराजकताबादीहरुको हावी भएकोले त्यसको पक्षमा नलाग्न सवैलाई आग्रह गरे । नेपालको संबिधान मूलुक कै उत्कृष्ठ संबिधान भएको भन्दै उनले कतिपय देशहरुले नेपालबाट सिक्न लायक पक्षहरु रहेको जिकिर गरे । सयौ बर्ष आन्दोलन र संघर्ष गरि प्राप्त भएको संबिधान भएकोले यसको पालना सगै कार्यन्वयन गर्नमा सवैको साथ र सहयोग रहनुपर्नेमा जोड दिए ।


सिन्धुपाल्चोकको चौतारामा प्रभातफेरीसहितको सभा सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति, चौतारा साँगाचोकगढी नगरपालिका र जिल्ला स्थित सम्पूर्ण सरकारी कार्यालय तथा गैरसरकारी संघ संस्थाहरु र चौतारामा रहेको को संयुक्त सहभागितामा भएको हो । सहभागि सवैले आ आफ्नो व्यानरमा बजार परिक्रमा गरि हर्ष उल्लासका साथ सहभागी  जनाएका थिए ।
कार्यक्रमममा चौतारा साँगाचोकगढी नगरपालिकाको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले १० बर्षे जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त भएको संबिधान भएकोले कसैको अधिकारहरु कुण्ठित वातावरण कहिल्यै सिर्जना नहोस् भन्ने कामना गरेका थिए । छोटै समयको आग्रहलाई स्वीकार गरि सवै क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति भएकोमा उनले खुसी व्यक्त गरे ।


त्यस्तै नगरउप्रमुख सीता थापाले नेपालको संबिधान दलित,महिला, पिछडा बर्ग र समुदायको अथक संघर्षको प्रतिफल भएको तर्क गरिन् ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले संबिधानमा व्यवस्था भएको मौलिक हक र अधिकारको कार्यन्वयनको लागि राज्यबाट सेवा सुबिधा लिएका हरेका राष्ट्रसेवक कर्मचारीले नागरिकको पक्षमा सदैव लागिपर्न आग्रह गरेका थिए । उनले संबिधान दिवश मनाउदै गर्दा नेपालीहरुको चाडपर्वहरु पनि नजिकिएकोले जनताको शान्ति सुरक्षाको सवाल उतिकै महत्वपूर्ण भएको बताए ।

जसको लागि सवै सुरक्षा निकायलाई सतर्क रहन आग्रह गरे ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला नेता बिलबहादुर तामाङ, नेकपा माओवादीका जिल्ला संयोजक गोबिन्द पराजुली र नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले संधिधानको चर्चा गदै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संबिधान दिवशको अवसरमा कर्मचारी मिलन केन्द्रद्धारा आयोजित टेवलटेनिस प्रतियोगितामा प्रथम हुने भू तथा जलाधार कार्यालयका प्रमुख दिवाकर मास्के , दितीय हुने सोही कार्यालयका लोक बहादुर श्रेष्ठ, तृतीय हुने राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख राजन प्रजापति र सान्त्वना हुने उद्योग तथा बाणिज्य कार्यालयका प्रशिक्षक प्रबिण बस्नेतलाई प्रमाणपत्र र ट्रफी कार्यक्रमका प्रमुख अतिथि सांसद माधव सापकोटाले वितरण गरेका थिए ।

चौतारा सागाचोकगढी नगरपालिकाको व्यवस्थापनमा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय बिपद् व्यवस्थापन शाखामा कार्यरत कर्मचारी रबिराज धितालले सहजीकरण गरेका थिए ।

त्यस्तै संबिधान दिवशकै अवसर पारी शुक्रबार कर्मचारी मिलन केन्द्रले बनदेबी माध्यमिक बिद्यालयको दृष्टिबिहन स्रोतकक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिने मिलन केन्द्रका अध्यक्ष बिश्वनाथ काफ्लेले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्