२०८१ आश्विन ४
                           

शिक्षक गंगठनको तेस्रो जिल्ला परिषद् भेला सम्पन्न

चौतारा । एकीकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुपाल्चोकको तेस्रो जिल्ला परिषद् भेला चौतारामा सम्पन्न गरेको छ ।
सिन्धुपाल्चोक जिल्लाको १२ वटै स्थानीय तहको शिक्षकहरुको सहभागितामा भेला सम्पन्न गरिएको हो ।

भेलामा सवै पालिकाहरुले आफ्नो भौगोलिक, सांगठानीक र शैक्षिक अवस्थाको वारेमा रिपोर्ट पेश गरेका थिए । उनिहरुले पटक पटक गरि आन्दोलन र बार्तामा भएको सहमति र सम्झौलाई लत्याएर शिक्षकलाई राज्यले उपेक्षा गरेको भन्दै नेताहरुको ध्यानाकर्षण गरेका थिए ।

उनिहरुले समाजको ऐना हो भनेर शिक्षकलाई भन्ने तर अस्थाई, करार र बिद्यालय कर्मचारीको हकमा भने ठोस निर्णण नगरि काममा मात्र लगाएको भनि आपत्ति जनाएका थिए ।


समग्र रुपमा उठेका सवालहरुमा कार्यक्रमका प्रमुख अतिथी माओबादीका केन्द्रिय सदस्य कृष्णप्रसाद सापकोटा, सांसद् माधव सापकोटा र संगठनको नेताहरुले आस्वस्त पारेका थिए । शिक्षकको सामस्यामा सदैव पार्टीले आवाज उठाएको छ ।

र, यसै सवा सन्दर्भलाई पनि संसदमा प्रभावकारी रुपमा उठाएको भन्दै छिट्टै समस्या समाधानको दिशामा अघि बढ्ने सांसद माधव सापकोटाले बताए ।
कार्यक्रमका बिच बिभिन्न संगठन त्योगर शिक्षक संगठनमा प्रबेश गरेका थिए । यसरी प्रबेश गर्नेहरुमा रेशम बहादुर तामाङ, केदार नेपाल, भुपेन्द्र कार्की, मुकेश बोहरा र तिलक दंगाल रहेका छन् । उनिहरुलाई संगठनले खादा ओडाएर स्वागत गरेका थिए ।

भेलामा सेवाबाट निबृद्ध हुने शिक्षकहरु आइतमान तामाङ, भिमसेन नेपाल, दिल बहादुर श्रेष्ठ, कृष्णप्रसाद तिमल्सीना, नन्दलाल नेपाल, र दिप बहादुर थापालाई सम्मान गरिएको संगठनको अध्यक्ष राजकुमार यादवले बताए ।

कार्यक्रममा शिक्षकहरुको साथमा माओबादीका केन्दका केन्द्रिय सदस्य एवं प्रदेश सांसद् अमृता नेपाल, पार्टी बागमती प्रदेश समितिका अध्यक्ष एवं प्रदेश सांसद सरल सहयात्री, संगठन बागमती प्रदेश अध्यक्ष शंकर अधिकारी लगायत नेताहरुकको सहभागिता रहेको अध्यक्ष यादवले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्