२०८२ बैशाख ६
                           

दशै तिहार मौलिक र साँस्कृतिक पर्व : पूर्वमन्त्री दुलाल

असोज २१, सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र चौतारा साागाचोकगढी ५ कमिटीले सोमबार विभिन्न पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । वडा कमिटिका संयोजक कमल श्रेष्ठको अध्यक्षतामा र पूर्वमन्त्रि एव प्रदेश सांसद युवाराज दुलालको प्रमुख आतिथ्यतामा नेपालीहरुको चाढपर्व विजयी दशमी, शुभ दिपावाली, छठ पर्व र नेपाल संबतको उपलक्षमा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो ।

सो अवसरमा बोल्दै पूर्व भौतिक पुर्वाधार विकास मन्त्री दुलालले यी चाढपर्वहरु नेपालीको मौलिक र साँकृतिक पर्व भएको बताउदै सभ्य, भब्य तरिकाले मनाउनु पर्ने बताए । कार्यक्रममा दुलालले दशै तिहार मौतिक र साँकृतिक रुपमा मनाउन समेत सबै नेपालीलाई आग्रह गरे । उनले यो चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमले राजनितिमा आवद्ध, आस्था राख्ने, विचार राख्ने र सबै संघसँस्थामा आवद्ध भएका ब्यक्तिहरुलाई आपसी मित्रता र सदभाव बढाउने साथै राजनितिक सहिसुणता विकास गर्ने विश्वास ब्यक्त गरे।  सभ्य र विकसित समाज निर्माण गर्न राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनेर स्विकारर्न सक्नुपर्ने उनको धाराणा राख्दै शुभकामना व्यक्त गरे ।


यसैगरी नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोबिन्द पराजुलीले चाडपर्वले समाजमा भएका संकीर्ण, मानिसमा भएको बैरभाव न्यूनीकरण गरी विकासको पथमा सम्यमित रुपले अगाडि बढ्न र एकीकृत समाज निर्माण गर्ने भुमिका हुने बताए ।


कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष शिव श्रेष्ठले, पत्रकार महासंघ सिन्धु शाखाको अध्यक्ष जीवनप्रसाद श्रेष्ठले दशै तिहार टाडा रहेकाहरुको भएटघाट, सम्बन्ध प्रगाढ बनाउने पर्व भएको भन्दै शुभकामना व्यक्त गरे ।

नेपाल महिला संघ क्रान्तिकारी सिन्धुपाल्चोककि अध्यक्ष तारा देबी रानाले चाडपर्व भड्किलो नवनाई सरल रुपले मनाउन आग्रह शुभकामना व्यक्त गरिन ।
कार्यक्रम मार्फत पर्वहरुको अवसरमा सुख शान्ति दिर्घायुको कामना सहित शुभकामना आदानप्रदान प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्