२२ असोज । नेपालीहरुको महान् पर्व विजयादशमीको अवशरमा चण्डिका श्रेष्ठको प्रस्तुति गणेश श्रेष्ठको पहिलो “नआओस् दशैँ”बोलको गीत ओ.एस.आर.मुभिजबाट सार्वजनिक भएको छ ।
नेपालमा बढेको बेरोजगार समस्याले बिदेशीनुपर्ने नेपाली दाजुभाइहरुको कथा सँगै दशैँ र तिहार जस्तो महान् चाडपर्व आउँदा नेपालमा पिरोलिनुपर्ने परिवारको कथामा आधारित यस गीतमा पार्वती गिरी र आदित आचार्य तथा अन्य कलाकारहरुको जिवन्त अभिनय रहेको छ।
गणेश श्रेष्ठको शब्द /संगीतमा धिरेन्द्र राई तथा साहिमा श्रेष्ठको सुमधुर स्वर रहेको छ। सन्तोष प्रगाढ राईको एरेन्ज, रामेश्वर हुँमगाईको,छायांकन,अनन्त घिमिरेको सम्पादन तथा सन्तोष पराजुली प्राबिधिक रहेको यस गीतको निर्माता चण्डिका श्रेष्ठ र दिनेश बुढाथोकी रहेका छन् । यस गीतको कथा/ निर्देशन देवप्रसाद धिमालले गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्