१० कार्तिक– प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई अहिले नै हटाउने पक्षमा नरहेको बताएको छ ।
काठमाण्डौमा पार्टीले आयोजना गरेको खबरदारी सभामा बोल्दै अध्यक्ष प्रचण्डले सरकारलाई तत्काल हटाउनका लागि आफूहरुले खबरदारी सभा नगरेको बताए। सत्तारुढ दलहरूले नै सरकार ढल्ने भ्रम फैलाइरहेको प्रचण्डको दाबी छ ।
अध्यक्ष प्रचण्डले माओवादी सरकार ढाल्ने काममा नलाग्ने तर, सरकारमा रहेका दलहरू ’भ्रष्टाचारको रक्षा, सुशासनको विपक्ष र बिचौलियाको पक्षमा’ गइरहेकाले आफै ढल्ने जिकिर गरे। अध्यक्ष प्रचण्डले आउँदो चुनावमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने घोषणा पनि गर्नुभयो । कांग्रेस र एमाले जस्ता पार्टीसँग मिलेर चुनाव नलड्ने प्रचण्डको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्