२०८१ मंसिर ६
                           

ठूलोसिरुवारी डोजोका खेलाडीले ४ स्वर्ण, १ रजत पदक हात पारे

सिन्धुपाल्चोक । यहि कात्र्तिक ९ र १० गते सम्पन्न ५ औ अन्तर्राष्ट्रिय कराते प्रतियोगिताबाट नेपालले ८ स्वर्ण र ४ सिल्भर रजत पदक हात पारेका छन् । यस कराते प्रतीयोगितामा नेपालको प्रतिनिधित्व गर्दै खेलाडीहरु बङ्गलादेशमा पुगेका थिए ।
सिन्धुपाल्चोकका खेलाडीहरुले ४ स्वर्ण पदक र एक रजत पदक हासिल गरेका छन् ।

खेलाडीहरु अन्जन पुरीले स्वर्ण, अमृत गहतराजले स्वर्ण, रन्जित मैनाली स्वर्ण, रोशन गहतराज स्वर्ण पदक र खुश बहादुर श्रेष्ठ ( रोहित ) ले रजत पदक हात पारेका हुन् । उनीहरु श्री सेतीदेवी माविमा अध्यायनरत विद्यार्थि तथा ठूलोसिरुवारी डोजोका खेलाडीहरु हुन् । प्रतियोगितामा नेपाल, भारत, जापान, भुटान, श्रीलंका र बङ्गलादेशका खेलाडीहरूबीच प्रतिस्पर्धा भएको थियो ।
चौतारा साँगाचोक गढी नगरपालिका १३ स्थित ठूलोसिरुवारी डोजोका खेलाडीहरुले थप सफलता हासिल गर्दै जाने डोजोका प्रमुख प्रशिक्षक गंगा लाल श्रेष्ठले विश्वास ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्