२०८१ मंसिर ६
                           

नेता तुलाधरको छैटौँ स्मृति दिवसमा दुर्गालाललाई सम्मान

१३ कार्तिक  ।नागरिक आन्दोलनका अगुवा तथा वरिष्ठ मानव अधिकारकर्मी स्व.पद्मरत्न तुलाधरको योगदानको सम्मान गर्दे प्रधानमन्त्री केपी शर्मा ओलीले छैटौँ स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्  ।

शान्ति र नेपालभाषाका अभियन्ता तथा साहित्यकारसमेत रहेका तुलाधरको स्मृतिमा आज राष्ट्रिय स्मृति प्रतिष्ठान र पद्मरत्न लुमन्ति गुथिले आज शंखधर साख्वा स्मृति पार्क, रत्नपार्कमा आयोजना गरेको स्मृतिसभामा श्रद्धाञ्जलि व्यक्त गरिएको हो ।

कार्यक्रममा सहभागीहरूले स्व.तुलाधरको योगदानलाई स्मृति ग्रन्थ र पाठ्यक्रममा उनको योगदानलाई समेट्नका लागि पहल गर्नुपर्नेमा जोड दिए । तुलाधरकी छोरी सुम्निमा तुलाधरले आफ्ना बुबाले देशका सबैजसो आन्दोलनमा सहभागिता जनाई परिवारलाई मात्र होइन समग्र आन्दोलनकारीहरूलाई नै गौरवान्वित बनाउनुभएको बताइन् । कार्यक्रममा जनकवि दुर्गालाललाई सम्मान गरिएको थियो।

 

वरिष्ठ मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरले २०४६ सालमा नेपाली कांग्रेस र तत्कालीन वामपन्थी पार्टीहरूलाई एकै ठाउँ राखी निरंकुश पञ्चायती व्यवस्था विरुद्ध संयुक्त आन्दोलन गर्न ठूलो योगदान दिएका थिए । त्यस्तै माओवादीद्वारा सञ्चालित सशस्त्र द्वन्द्वका बेला सरकार व विद्रोही माओवादी बीच शान्ति वार्ता गराउन पनि उनले सहजकर्ताको भूमिका निभाएका थिए।

अन्नपूर्ण बाट

प्रतिक्रिया दिनुहोस्