२०८१ मंसिर ६
                           

दोस्रो ठूलोसिरुवारी खेलकुद महोत्सव नगरप्रमुख सापकोटाले गरे उद्घााटन

कार्तिक १४। चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ मा दोस्रो ठूलोसिरुवारी खेलकुद महोत्सव सुरु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१३ ठूलोसिरुबारीमा दुईदिन सम्म चल्ने खेलकुद महोत्सव तथा नगर मावि स्तरीय जुनिएन कराते प्रतियोगिता २०८१ को उद्घााटन नगरप्रमुख कृष्णप्रसाद सापकोटाले गरेका हुन् ।

उद्घाटन पछिको मन्तव्यमा नगरप्रमुख सापकोटाले वडा नम्बर १३ ले खेलको माध्यमबाट नगरको सान बढाएको तर्क गरे । उनले १३ नम्बर वडा ठुलोसिरुवारीले जिल्लाकै पहिलो वालमैत्री वडा घोषणा गर्न समेत सफल भएको भनि प्रशंसा गरेका थिए । सापकोटाले भने “हामी कसरी नगरलाई समृद्ध बनाउन सकिन्छ भन्ने बिषयमा सवै पक्षको साथ र सहयोग लिईरहेका छौँ । ̎ खेलकुदको गतिबिधिलाई थप व्यवस्थित बनाउन लागि पर्ने र्छौँ ।

त्यस्तै नगरप्रमुख सीता थापाले नगरभित्रकको स्रोत साधनको व्यवस्थापन र परिचालनमा थप योजना निर्माणको आवश्यकता रहेको बताईन् । खेलकुदमा नगरको साथै जिल्लाको शिर उचो बानाउने काममा कराँते प्रशिक्षक गंगालाल श्रेष्ठको भूमिका अहम रहेको भनि धन्यवाद व्यक्त गरिन् ।

कार्यक्रममा नेकपा(माओबादी केन्द्र) का जिल्ला संयोजक गोविन्द पराजुली नेकपा एमालेका बागमती प्रदेश सदस्य इन्द्र नेपाल र चौतारा साँगाचोकगडी नगरपालिका सामाजिक बिकास समितिका संयोजक एवं १३ नम्बर वडाध्यक्ष रामप्रसाद गौतमले खेल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतियोगितामा फुटबल, भलिबल, सटफुट, कराते ज्याब्लिङ थ्रो र दौड खेलाईनेछ भने नगरभरिका १ सय ४० खेलाडि सहभागी रहेको आयोजकका अध्यक्ष एवं कराते एशिएन गेमका प्रशिक्षक गंगालाल श्रेष्ठले सिन्धुज्वालालाई बताए । बिजेता खेलाडीहरुले नगद पुरस्कारको साथमा सिल्ड, मेडल,ट्रफी र प्रमाणपत्र पाउने उनले बताए ।

१३ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा वडा स्तरीय खेलकुद विकास समिति आयोजक, सेतीदेवी, कुन्डलादेवी मावि सह–आयोजक र शिक्षा युवा तथा खेलकुद शाखा नगर खेलकुद विकास समितिको समन्वयमा हुने उक्त कार्यक्रमको उदघाटन नगर प्रमुख कृष्णप्रसाद सापकोटाले गरेका हुन् । समापन १५ गते अर्थात लक्ष्मी पुजाको दिन गरिने श्रेष्ठले जानकारी दिए । शहिद स्मृति खेलकुद मैदान नर्सिङडाँडामा बुधबारबाटै प्रतियोगीता सुरु भएको छ ।

स्मरण रहोस १३ नम्बर वडा ठूलोसिरुवारीले पछिल्लो समय खेलकुद क्षेत्रमा उत्साहजनक उपलब्धी हाँसिल गरेको छ । खेलप्रेमी तथा प्रशिक्षक श्रेष्ठकै अग्रसरतामा गत साता मात्रै ठूलोसिरुवारीका ५ जना करातेका खेलाडिहरुले बंगलादेशमा भएको ५ औं अन्तराष्ट्रिय प्रतियोतिमा ४ ले स्वर्ण र एकले रजत पदक हात पारेर राष्ट्रकै ईज्जत बढाएका छन् । यस अघि पनि ठूलोसिरुवारीका खेलाडिहरुले विभिन्न क्षेत्रीय स्तरका प्रतियोगितामाहरुमा विभिन्न पदकहरु प्राप्त गरिसकेका छन् ।

गत बर्ष पनि आयोजकले पहिलो संस्करणसमेत सोही खेलमैदानमा भव्य रुपमा सम्पन्न गरेको थियो ।
सेतीदेबी माध्यकि बिद्यालयका पूर्वप्रधानाध्यापक हरी बिक्रम नेपालको उद्घोषण र आयोजक १३ नम्बर वडा खेलकुद बिकास समितिका अध्यक्ष गंगालाल श्रेष्ठको अध्यक्षतामा स्थानीयहरुको बाग्लो उपस्थितिमा भब्य रुपमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्