२५ कार्तिक – चौतारा साँगाचोक गढी नगरपालिका १३, स्थित ठूलोसिरुवारीमा रहेको श्री आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी संस्थाले शेयर सदस्यहरुलाई १०% प्रतिशत लाभांश दिने भएको छ । सहकारीले वार्षिक साधारणसभामा उत्कृष्ट बचत कर्ता ७ जना र २ जना असल ऋणीलाई सम्मान गरेका छन् ।
शनिबार ११ औं बार्षिक साधारणसभाले नारायण प्रसाद गौतम अध्यक्ष सहित ११ सदस्यीय नयाँ संचालक समिति निर्वाचित गरेको छ । शनिबार चौतारा साँगाचोकगढी नगरपालिकाको सामाजिक बिकास समितिका संयोजक तथा १३ का वडाध्यक्ष राम प्रसाद गौतमको प्रमुख आतिथ्यता साधारणसभा सम्पन्न भएको हो ।
सहकारीका अध्यक्ष गौतमले आ.व. २०८०/८१ को प्रगति प्रतिवेदन, भाबी कार्ययोजना प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष हरि बहादुर नेपालले वार्षिक प्रतिबेदन २०८१ प्रस्तुत गरि सभामा पारित गरिएको थियो ।
सहकारीले SEE मा उत्कृष्ट GPA ल्याउने सामुदायिक विद्यालयका ४ जना छात्रछात्रा लाई नगद सहित सम्मान गरेको छ । बङ्गलादेशमा हालै सम्पन्न भएको ५ औ अन्तराष्ट्रिय कराते प्रतियोगिता नेपाल प्रतिनिधित्व गर्दै स्वर्ण पदक जित्न सफल ५ जना खेलाडीहरुलाई नगद सहित सम्मान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्