२७ कार्तिक ,चौतारा – चौतारा साँगागाचोक गढी नगरपालिका ५ पुरानो बजारस्थित रहेको भीमसेनलाई सय तोला चाँदी तथा सुनको गहनाले सुसज्जित किंकम्पा र मुकुट अर्पण गरिने भएको छ । जिल्लामा सांस्कृतिक तथा सामाजिक रूपमा कृयाशील सम्पदा संरक्षण गुठीको अनुरोधमा भक्तपुरस्थित रंजितकार समाज तथा ललितपुरका सामाजिक अभियन्ता तथा ख्यातिप्राप्त मुर्तिकार रवि शाक्य Tom N Jerry को संयोजनमा किंकम्पा र मुकुट अर्पण गरिने भएको हो ।
यहि २९ गते भीमसेनलाई सो गहना चौतारा साँगाचोकगढीका नगरप्रमुख कृष्णप्रसाद सापकोटा मार्फत् अर्पण हुने कार्यक्रम तय भएको सम्पदा संरक्षण गुठीका अध्यक्ष तथा सामाजिक अभियन्ता रविन्द्र श्रेष्ठले बताए ।
ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको पुरानो बजारस्थित भीमसेनलाई गहना चढाउन पाउनु आमभक्तपुरवासीको अहोभाग्य भएको सामाजिक अभियन्ता तथा किंवदन्तीमा भक्तपुर पेजका संचालक गणेशराम रंजितले बताए । सो दिन तान्त्रिक विधिद्वारा भीमसेन जागा गराउने तथा रंजितकार समाजका अध्यक्ष रामगोपाल रंजितद्वारा पुजा हुने कार्यक्रम समेत रहेको अर्का प्रसिद्ध सामाजिक अभियन्ता तथा ख्यातिप्राप्त मुर्तिकार रवि शाक्यले बताए ।
प्रतिक्रिया दिनुहोस्