४ मंसिर – प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनको शोक र नेताहरूको व्यस्तताका कारण हिजो दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित भएको थियो ।
आज अपराह्न ४ बजे बस्ने बैठकमा स्थानीय तहको उपनिर्वाचनका विषयमा छलफल गरिनेछ । केन्द्रीय कमिटी बैठकको तयारी, पार्टीको विधानलगायत बैठकका एजेन्डा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्