सिन्धुपाल्चोक । मंगलबार ३३ औँ विश्व अपाङ्गता चौतारा साँगाचोक गढी नगरपालीकाले सिर्जनात्मक तरीकाले मनाए । मंगलबार दिउँसो अपाङ्गता भएका ब्यक्तिहरु, प्रहरी, महिला संजाल र जनप्रतिनिधि लगायतको सहभागीतामा बजार हुदै र्याली नगरपालिका प्राँगणमा र्याली निकालिएको थियो । त्यसपछि कोणसभामा परिणत भएको थियो ।
दिवसको अवसरमा नगरपालीकाले महिला तथा बालबालिका र अपंगता भएकाहरुको हक अधिकार , शिक्षा क्षेत्रमा योगदान पुर्याएका ८ जनालाई सम्मान गरे । यसैगरी अपाङ्गता भएका उच्च शिक्षा अध्ययन गरिरहेका ४ जना विद्यार्थीहरुलाई नगत पुरस्कार प्रदान गरे ।
सम्मानित हुनेहरु क्रमश नगर महिला सञ्जाल, चौतारा साँगाचोकगढी नगरपालिका अध्यक्ष एवं पुर्व उपप्रमुख जानुका पराजुली, जेष्ठ नागरिक जिल्ला अध्यक्ष माधव लाल कर्माचार्य, पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा अध्यक्ष जिवन श्रेष्ठ, बाल अधिकारकर्मी ललित राना, अभियान कर्ता पदम पराजुली, मानव अधिकारकर्मी नाती बाबु धिताल रहेका छन् ।
यसैगरी अम्मर वहादुर घले र डिल बहादुर श्रेष्ठलाई पनि सम्मान गरिएको हो ।सम्मानित हुनेहरुलाई प्रमुख जिल्ला अधीकारी किरण थापा, मेयर कृष्ण प्रसाद सापकोटा, उपमेयर सिता थापाले दोसल्ला र सम्मान पत्र वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै मेयर सापकोटाले नगरपालिकाको भवन अपांगमैत्री हुने प्रतिबद्धता गरे ।
प्रतिक्रिया दिनुहोस्