निर्मल बस्नेत, बलेफी । बिश्वभर मनाइने अन्तराष्ट्रिय अपाङ्गता दिवश बलेफीमा बिविध कार्यक्रमकासाथ मनाएको छ । डिसेम्बर ३ मंगलबार अपाङ्गता भएका व्यक्तिहरुको ३३ औँ अन्तर्राष्ट्रिय दिवस अन्तरगतको कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा अपाङ्गता अधिकारकर्मीहरुको सम्मान समेत गरिएको थियो ।
गाउँपालिकाले बिभिन्न संघ संस्थाहरुको साँझेदारीमा जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउदै आएको इतिहाँस छ ।
‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने मूल नाराका साथ दिवसको अवसरमा बलेफी गाउँपालिकाको आयोजनामा बजार क्षेत्रबाट ¥याली निकालिएको थियो । बजारबाट सुरु भएको ¥याली गाउँपालिकाको कवर्डहलमा पुगेर कोणसभामा परिणत भएको थियो ।
दिवश कार्यक्रममा गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले संबिधानमा लिपिबद्ध अधिकारको कार्यन्वयन गदै लक्षित बर्गहरुलाई माथि उठाउन सवैको भुमिका रहनुपर्नेमा जोड दिएका थिए ।
उनले कार्यक्रमा बोल्ने अधिकाकर्मीहरुले उठाएका भौतिक संरचना र सेवाप्रवाहको सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको भन्दै गाउँपालिकाको आगामी दिनमा सहज सेवा लिन सक्ने वातावरण सिर्जना गरिने प्रतिबद्धता जनाए । साथै अपाङ्गता अधिकार र जिबिकोपार्जनको लागि गाउँपालिकाले सदैव सहयोग गर्ने बचन दिए ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष सरु लामा तामाङले महिला तथा वालवालिका र अपाङ्गताको क्षेत्रमा अरुको भन्दा बिशेष रुपले जोड दिइदै आएको र अझ सिर्जनशिल भएर गाउँपालिका अघि बढ्ने उद्घोष गरिन् ।
कार्यक्रममा पूर्व गाउँपालिका अध्यक्ष एवं पूर्व अरनिको यातायात समिति अध्यक्ष केदार क्षेत्री, वडा नम्बर २ का अध्यक्ष छबिलाल न्यौपाने, ६ का अध्यक्ष तेज बहादुर पराजुली लगायतले अधिकारको सवालमा चर्चा परिचर्चा गरेका थिए ।
दिवसको सन्दर्भ पारेर गाउँपालिकाले लैङ्गिक हिंसा न्युनिकरण तथा अपाङ्गताको क्षेत्रमा योगदान पुराएका व्यक्तिहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेमा अपाङ्गता अधिकारकर्मी मेख बहादुर थापा, शिक्षक कर्ण बहादुर तामाङ, बिद्यालय कर्मचारी बिकास तामाङ, सुनिता तामाङ लगायत रहेका छन् ।
कार्यक्रममा शारिरीक अपाङ्गता भएको व्यक्तिहरुका बिचमा खेलकुद प्रतियोगीता भएको थियो । कार्यक्रमलाई आर्कषक र मनोरञ्जन प्रदान गर्न रोचक साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।
कार्यक्रम सम्पन्न गर्न सप्रोस नेपाल, बलेफी एकीकृत अपाङ्गता समाज र महिला आत्मनिर्भता केन्द्रले आर्थिक सहयोग पु¥याएको थियो ।
बिशेष गरि अपाङ्गताको क्षेत्रमा काम गरिरहेको संस्था सप्रोस नेपालले कार्यक्रमलाई व्यस्थापन गर्न मूख्य सहयोगीको रुपमा भूमिका निर्वाह गरेको सप्रोसका कर्मचारी सुजन पराजुलीले बताए । उनका अनुसार सप्रोसले सिन्धुपाल्चकेको चौतारा साँगाचोकगढी नगरपालिका र बलेफी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको लागि मर्यादित जिबिोपार्जन सशक्तिकरण (समानता परियोजना) मा काम गर्दै आएको जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्