बगलादेशको राजधानी ढाकामा गत शनिबार सम्पन्न जेन जी फाईट नाईट साउथ एसियन बक्सिङ च्यापियनसिपमा नेपालबाट सहभागि खेलाडिहरु र प्रशिक्षक लाई ललितपुरमा सम्मान गरिएको छ । नेपाल प्रोफेशनल बक्सिङ कमिसन र सिल्क ट्रान्सपोर्ट प्रालिले सयुक्त रुपमा खेलाडी हरुलाई सम्मान गरीएको हो ।
उक्त सम्मान कार्यक्रममा ६१ केजी तौल समुहमा विजयी भएका अनिल कुमार पुन मगर, ५९ केजी तौल समुहमा सहभागी पुरन राई , ६३ केजी तौल समुहमा सहभागी महेन्द्र बहादुर चन्द सहित प्रशिक्षक प्रेम पाउजुलाई नगद सहित कदरपत्र द्धार सम्मान गरिएको थियो ।
सोहि अवसरमा वल्ड बक्सिङ काउन्सिलबाट रिङ अफिसियल कोर्ष सम्पन्न गरी पहिलो प्रोफेशनल बक्सिङ रेफ्रिजज बन्न सफल भएका राजन प्रजापतिलाई पनि सम्मान गरिएको थियो ।
प्रजापतिले बंगलादेशमा सम्पन्न उक्त जेन जी साउथ एसियन बक्सिङ च्यापियनसिपमा रेफ्रिको भूमिका निभाएका थिए ।
बक्सिङका वरिष्ठ प्रशिक्षकहरु, खेलाडीहरु सहित करिब ४० जनाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा सिल्क ट्रान्सपोर्टकका प्रमुख कार्यकारी अधिकृत रमेश शेर्पाले ब्यवसायिक बक्सिङ, खेलाडी र समग्र खेलकुदको विकासका निम्ति विभिन्न तवरले सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपाल प्रोफेशनल बक्सिङ कमिसन संग सहकार्य गर्दै जाने बताए ।
प्रतिक्रिया दिनुहोस्