निर्मल बस्नेत, सुकुटे । अपाङ्गता संगठन नेपाल सिन्धुपाल्चोकको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । सोमबार सिन्धुपाल्चोकको सुकुटेमा सम्पन्न सम्मेलनले दुर्गा बहादुर श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।
श्रेष्ठको नेतृत्वमा आगामी ३ बर्षको लागि निर्वाचित समितिको उपाध्यक्षमा पदम बहादुर श्रेष्ठ, सचिवमा जयन्ती बस्नेत, कोषध्यक्षमा निमा लामा र सदस्यहरुमा नरमान श्रेष्ठ, दल बहादुर बिक, लेख बहादुर तामाङ, राजेन्द्र नेपाल, राधिका माझी, सरिता लामा, ज्ञानलाल श्रेष्ठ, पिरुपती अधिकारी लगायत अन्य सदस्य रहेका छन् ।
सम्मेलनबाट यम बहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । जसमा सदस्यहरु अम्मर बहादुर घले, धनपति नेपाल लगायत रहेका अन्य २ जना रहेका छन् ।
निर्वाचित जिल्ला समितिलाई कार्यक्रमका प्रमुख अतिथी केशब नेपालले पद तथा गोपनीयताको सपथ खुवाएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) को भात्रृ संगठन अपाङ्गता संगठन नेपाल सिन्धुपाल्चोकको प्रथम जिल्ला सम्मेलन पार्टी केन्द्रिय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इन्चार्ज केशव नेपाल को प्रमुख आतिथ्यतामा भएको हो । सम्मेलन कार्यक्रममा संगठनको केन्द्रिय अध्यक्ष टिकाराम पराजुली, केन्द्रिय सल्लाकहकार एवं राष्ट्रिय अपाङ्गता महासंघ नेपालको बरिष्ठ उपाध्यक्ष राम कार्की र बागमती प्रदेश अध्यक्ष यमप्रसाद सुवेदी, प्रदेश सचिव केशवप्रसाद अधिकारी केन्द्रिय सदस्य सुजन पराजुलीले सम्मेलन सपलताको शुभकामना प्रदान गरेका थिए ।
जिल्लाका बिभिन्न स्थानबाट प्रतिनिधीहरु सहभागि कार्यक्रम संगठनको जिल्ला सह इन्चार्ज उद्धबप्रसाद नेपालको अध्यक्षतामा भएको सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्