सिन्धुपाल्चोक । अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा चौतारामा मानव अधिकारको समिक्षा तथा अन्तरक्रिया गरिएको छ
साँगाचोकगढी नगरपालिका र मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्था इन्सेकको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सिन्धुपाल्चोकमा गएको एक बर्षमा ९१ वटा मानव अधिकारको घट्नाहरु भएको पाईएको छ ।
कार्यक्रममा १९४८ मा जारी भएको मानबअधिकारको घोषणाको धारा २९ र ३० मा भएको कानुनी व्यवस्थाको बिषयमा गहन रुपले छलफल भएको थियो ।
जिल्लामा यो बर्ष ९१ वटा मानव अधिकारको घट्नाहरु घटेको इन्सेकले सार्वजनिक गरेको छ । यसभित्र व्यक्तिगत हत्या, कुटपिट तथा ज्यान मार्ने उद्योग, बाल अधिकार, महिला अधिकार र जातीय बिभेदका घट्नाहरु रहेका छन् । घट्नाहरुमा ८३ महिला र ६ जान पुरुष पीडित रहेको र ९५ पसरुष र ६ जना महिला आरोपित रहेको इन्सेकको तत्थ्याङ्क रहेको छ । अघिल्लो बर्ष ५१ वटा घट्नाहरु घटेको इन्सेकले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षका सन्तोष खड्काले प्रचारात्मक, सुरक्षात्मक र दण्डात्मक कार्यमा प्रहरीको सक्रियता रहेको बताउदै मानव अधिकार उलंगन हुन नदिन सरोकारवालाहरुको सहयोग रहनुपर्नेमा जोड दिएका थिए ।
प्रहरीले खोज तथा उद्दारमा बिपद्को समयमा अग्रभागमा काम गरिरहेको दावी गरे । प्रहरी उपरिक्षक खड्काले बिभिन्न घट्नामा आरोपित महिला, वालवालिका र जेष्ठ नागरिकलाई कानुन अनुरुप पक्राउको बखत हथकडी नलगाउने गरिरहेको समेत बताए ।
उनले मानव अधिकार प्रवर्दधनमा सवै लागेको तर सेवा प्रवाहको समिक्षा र मुल्यांकन नभएको प्रति गुनासो गरे ।
चौतारा अस्पतालका डाक्टर रुद्रमणी भण्डारीले एकद्वार संकटा व्यवस्थापन केन्द्र चौतारा अस्पतालमा रहेको जानकारी गराएका थिए ।
कार्यक्रममा सञ्चारकर्मी यज्ञ दंगालले जिल्लामा अधिकारको लागि भनेर हुने कार्यक्रमहरुको प्रभावको बिषयमा लेखाजोखा नभएको भनी आलोचना गरेको थिए ।
उनले आगामी दिनमा आवश्यकतामा आधारित मानबअधिकारको बारेमा चिन्तनमनन गर्न सवैलाई आग्रह गरे ।
नेपाल रेडक्रश सोसाईटी सिन्धु शाखाका मन्त्री कमलचरण कक्षपतिले १० बर्षे शसस्त्र द्धन्द्धको बेपत्ताहरुको अवस्थाको बारेमा सार्वजनिक गर्नुपर्नेमा माग गरे । उनले पटक पटक पीडित परिवारले रेडक्रशमा अवस्था सार्वजनिक गर्न सहयोग गर्नुप¥यो भनेर धाउने गरेको समेत सुनाएका थिए ।
कार्यक्रममा मानव अधिकारको क्षेत्रमा अपराध ,ज्यादती र उलंघनको बिषयमा केन्द्रित रहेर सहभागिहरुबिच छलफल भएको थियो । साथै पुनस्थापना केन्द्रको व्यवस्थापनमा पनि सवैको सहयोग रहनुपर्ने भनि पुनस्थापनाको क्षेत्रमा काम गरिरहेको संस्था शक्ति समूहको हरिकला भट्टले सवैको ध्यानाकर्षन गराएकी थिइन् ।
चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यता र नगरउपप्रमुख सीता थापाको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो ।
प्रतिक्रिया दिनुहोस्