चौतारा साँगाचोक गढी नगरपालिका ७ स्थित सानोसिरुवारीमा बागमती सरकारको रु ४० लाख बजेटमा मैत्री साना किसान सामुदायिक भवन निर्माण हुने भएको छ ।
मंगलबार बागमती प्रदेश सांसद एवम पूर्वभौतिक पूर्वाधार विकासमन्त्रि युवाराज दुलाल र सांसद अमृता नेपालले सो भवनको शिलान्याश गरेका हुन ।
मैत्री बचत तथा ऋण सहकारी सँस्थाले मैत्री किसान कृषक समुहको कार्यलय स्थापना गरी कृषि सामग्रीहरु बेचविखनका लागि सामुदायिक भवन निमार्ण गर्न लागिएको हो ।
सानोसिरुवारीमा रहेको यस सहकारीलाई अब्बल सहकारी बनाउदै देशकै नमुना सहकारी बनाउने संकल्पकासाथ लागि परेको पुर्वमन्त्रि दुलालले बताए । दुलालले प्रदेश सरकारको मापदण्ड अनुसार सहकारीको सामुदायिक भवन बन्ने बताउदै किसाने उत्पादन गरेका सामग्री संकलन गर्ने लगायतका कामहरु साझा रुपमा प्रयोगमा ल्याउने बताए । उनले भवन गुणस्तरिय बनेको छ छैन सबैले अपनत्व महशुस गर्दै पायक परेको बेला हेर्न स्थानियलाई आग्रह गरे ।
वडाध्यक्ष डम्बर तामाङले सामुदायिक भवन निर्माण हुन लागेकोमा खुशि ब्यक्त गर्दै वडातहबाट आवश्यक सहयोग गर्न प्रतिबद्धता गरे ।
विगत १५ वर्षदेखि सन्चालनमा रहेको यस सहकारीले सामुदायिक भवन निमार्ण संगै सेवा विस्तार गर्ने संस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्