२०८१ पुष ७
                           

एकीकृत अखिल नेपाल शिक्षक संगठन चाैताराको अध्यक्षमा सुजन बस्नेत

एकीकृत अखिल नेपाल शिक्षक संगठन चाैतारा साँगाचाेकगढी नगरपालिकाकाे तेस्राे सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट अध्यक्षमा सुजन बस्नेत निर्वाचित भएका छन् ।
संगठनकाे तेस्राे नगर सम्मेलनकाे निर्वाचनबाट बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन् । आगामी ३ बर्षे कार्यकालकाे लागि समितिकाे बरिस्ठ उपाध्यक्षमा मिना माया लामा, उपाध्यक्षमा यमकुमारी केशी ,महिला उपाध्यक्षमा राधिका बिश्वकर्मा, सचिवमा राजेश सापकोटा , सहसचिवमा अच्युत पराजुली , काेषाध्यक्षमा कृष्ण प्रसाद अधिकारी निर्वाचित भए ।

त्यस्तै संगठनकाे सदस्यहरुमा लक्ष्मण तामाङ, शरेश ढुङ्गाना,रविन सापकोटा, सागर नेपाल , बेली दुलाल, मोहन प्रसाद सापकोटा, गुणकेशरी श्रेष्ठ, गरिमा दंगाल, तारानाथ दंगाल, सन्तोष दंगाल, कृष्ण गिरी, सिमा भण्डारी, शालिकराम वली सुरेन्द्रलाल श्रेष्ठ, देवीमाया श्रेष्ठ, रमेश गौतम , प्रकाश गिरी र केवल कक्षपती सर्वसहमतिले चयन भएकाे निर्वाचन समितिका संयाेजक नरमान श्रेष्ठले बताए ।

निर्वाचित पदाधिकारीहरुलाई पद तथा गाेपनीयताकाे सपथ संगठनका केन्द्रीय सल्लाहकार संयाेजकले खुवाएका थिए । संगठनका केन्द्रीय सदस्य बद्री नेपालले निर्वाचित समितिलाई रचनात्मक प्रस्तुतिका साथ काम गर्न आग्रह गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी माओवादीका केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटाले उक्त सम्मेलन कार्यक्रमकाे उद्घाटन गरेका हुन् । उद्घाटन पछिकाे मन्तव्यमा नेता सापकोटाले समाजकाे बाैद्दिक तथा शैक्षिक व्यक्तित्वहरुकाे संगठन भएकाले समाजलाई कस्तो बनाउने भन्ने दायित्व शिक्षकहरुमा हुने बताए । कार्यक्रममा माओवादीका केन्द्रीय सदस्य माधव सापकोटा र युवराज दुलालले शिक्षकहरुकाे पेशागत हकहितका लागि सदैव संगठनले काम गर्नुपर्नेमा जाेड दिएका थिए । पार्टीको जिल्ला र नगरपालिका नेताहरु , संगठनका नेताहरुले समेत शुभकामना मन्तव्य प्रदान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्