सिन्धुपाल्चोक । जलविरे भ्याली क्याम्पसको १४ औं वार्षिकोत्सव अभिभावक भेला तथा भूतपूर्व विद्यार्थी पुनर्मिलन समारोह सम्पन्न भएको छ । आइताबार चन्द प्रसाद सापकोटा ( रवि) को अध्यक्षतामा क्षेत्र नं.१ को प्रतिनिधिसभा सांसद माननीय माधब सापकोटा (सुबोध) को प्रमुख आतिथ्यतामा तथा प्रदेश सांसद सरल सहयात्री पौडेलको आतिथ्यतामा कार्यक्रम भएको हो ।
सो कार्यक्रमको अवसरमा बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले गाउँपालिकाबाट प्रथम वर्ष भर्ना हुने विद्यार्थिहरुलाई भर्ना निःशुल्क गरिदिने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी बलभद्र आचार्य अक्षयकोष दाता राजकुमार आचार्यले कोषबाट २ जना विद्यार्थिलाई ३ हजारका दरले प्रदान गर्ने बताए । यस्तै कराते प्रशिक्षक प्रेम भण्डारीले २ जना विद्यार्थिलाई ५ हजारको दरले सहयोग गरे । यसैगरी चन्द्र प्रसाद न्यौपाने रु १ लाख सम्मको लाइब्रेरी व्यवस्थापनको लागि किताब खरिद गरिदिने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा सांसद अमृता नेपाल,जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबो, अभिभावक, शिक्षक तथा विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्