२०८१ पुष ८
                           

दर्जनौं नेता कार्यकर्ताले नेकपा माओवादी केन्द्र प्रवेश

विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ताले नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्। सोमबार काठमाडौंको तिनचुलिमा आयोजित एक समारोहकाबिच ३३ जना माओवादीमा भित्रिएका हुन्।

पार्टी प्रवेश गर्नेहरुमा हेलम्बु गाउँपालिका १ का प्रकाश ह्योल्मो, दोर्जे लामा ह्योल्मो, रेन्जेन शेर्पा, लाक्पा दोर्जे शेर्पा, दावा छिरिङ शेर्पा, दावा लामा, लाक्पा शेर्पा, छिरिङ डेन्डुप शेर्पा, मिङ्मार ग्याल्बु शेर्पा, छिटिन डोमा शेर्पा, फुर्पा ह्योल्मो, साङ्गे डोमा शेर्पा, केसाङ लामा, ङिमा ओमु ह्योल्मो, तेन्जिङ ओमु ह्योल्मो, तेन्जिङ दावा ह्योल्मो, कामी एवा ह्योल्मो, पुष्पा लामा रहेका छन्।

यस्तै, ल्याटुल लामा, जिमि घले ह्योल्मो, पेमा झ्यावा ह्योल्मो, छेवाङ जिमी स्याङ्वा, आङपासाङ स्याङ्वा,कान्छा बाबू लामा, फुर्वा एवा ह्योल्मो, दावा छिरिङ ज्यावा ह्योल्मो, हेलम्बु ३ का दमैसिं तामाङ, हेलम्बु ६ का ङेमा ग्याल्बु ह्योल्मो, केसाङ लामा, हेलम्बु ७ का साङ्गे डोमा शेर्पा, पाँचपोखरी गाउँपालिका २ का कृष्ण लामा ह्योल्मो, फिन्जो शेर्पा, निमा शेर्पा, कामी लामा र रेन्जेन ह्योल्मो रहेका छन् ।

नवप्रवेशीहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका पूर्वभौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल र लुम्बिनी विकास समितिका उपाध्यक्ष डा. ल्हारक्याल लामाले टीका खादा लगाएर स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री दुलालले जनताको समस्या बुझ्ने पार्टी माओवादी भएकाले नेपालमा भएका अन्य पार्टीमध्ये माओवादी नै उत्कृष्ट भएको दाबी गरे।

हेलम्बुको विकासको लागि त्यहाँको स्थानीय सरकार जिम्मेवार नभएर प्रचारबाजीमा मात्रै रमाएको टिप्पणी गरे। उनले स्थानीय सरकारलाई जनमुखी काममा ध्यान दिन पनि सुझाए।

प्रतिक्रिया दिनुहोस्