चाैतारा – बाह्रबिसे नगरपालिकामा स्थापित धार्पा युवा क्लवले फुटबल प्रतियोगिताबाट जितेकाे नगद रकम खर्च गरेर नगरपालिकास्तरीय शैक्षिक सामग्री बितरण गरेकाे छ । क्लवका सचिव अर्जुनकुमार लामाले दिएको जानकारीअनुसार १२ विद्यालयमा शैक्षिक सामग्री र दुईमा खेलकुद सामग्री बाँडेको हाे । पुष १२ र १३ गते क्लबले सामग्री बाँडेका हुन।
चाैथाे संस्करणको मालिकादेवी कप खुला सेभेन ए साइड फुटबल प्रतियोगितामा विजेता धार्पा युवा क्लवले एक लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ जितेकाे थियाे ।
मेलचाैर युवा जागरण समाजद्वारा १० कात्तिकमा आयाेजित खेलमा धार्पा विजयी बनेकाे थियाे । क्लबले जितेकाे सबै रकमबाट २५ सय थान कापी र २५ सय थान कलम खरिद गरेकाे हाे । उक्त शैक्षिक सामग्री बाह्रबिसे नगरपालिका वडा नं ३ भित्र रहेका गणेश आधारभुत बिधालय, किल्लेश्वरी आबि, नारायण आबि, बागेश्वरी आबि, बाह्रदेवी आबि, महाकाली आबि बाह्रबिसे ४, सेतीदेवी आवि बाह्रबिसे २, ईश्वरीमाला आबि बाह्रबिसे २, सीताराम आबि बाह्रबिसे ८, हिमचुली आबि बाह्रबिसे ९, दीपज्योती आवि बाह्रबिसे ६ र बासुकीदेवी आवि बाह्रबिसे ७ लाई वितरण गरिएको छ।
क्षेमादेबी मावि बाह्रबिसे ३ र खडादेवी निमावि बाह्रबिसे ५ लाई खेलकुदका सामग्री वितरण गरेकाे थियाे । धार्पा युवा क्लब खेलक्षेत्रमा स्थापित नाम हाे । यसले खेलकुद, शिक्षा र स्वास्थ्यमा समेत काम गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्